सोसिडाडलाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

काठमाडौं, ८ असार । रियल मड्रिड स्पेनिस ला लिगाको अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। गएराति रियल एरेनामा भएको खेलमा घरेलु टोली सोसिडाडलाई २-१ गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो।

मड्रिडको जितमा सर्जियो रामोस र करिम बेन्जेमाले समान १-१ गोल गर्दा सोसिडाडका लागि मिकेल मारिनोले १ गोल फर्काए। पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५०औ मिनेटमा रामोसले पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

त्यसपछि बेन्जमाले खेलको ७०औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए । त्यसको दुई मिनेटपछि नै सोसीयडाडका अद्नान जानुजाजले गरेको गोल भारले अस्वीकृत भएको थियो । भारको यो विवादस्पद निर्णयको फाइदा रियल म्याड्रिडलाई भएको छ ।

यस खेलमा रामोस घाइते भएपछि खेलको ६०औ मिनेटमा मैदान छोडेका थिए । उनको घुंडामा चोट लागेको बताइएको छ ।

रियलको यो जितसँगै लिगमा बार्सिलोनासँग अंक बराबरी गर्दै शिर्ष स्थानमा उक्लिएको छ । अब ३० खेलमा रियल म्याड्रिड र बार्सिलोनाको बराबर ६५ अंक भएको छ । त्यस्तै रियल सोसियडाडको भने ३० खेलमा ४७ अंक छ भने लिगको छैठौं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here