दोधारा, ८ असार । माहाकाली नगरपालिकामा आउँदो बुधवार आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरिएको छ ।
स्थानीय सरकारले असार १० गते सम्म नीति, कार्यक्रम तथा बजेट ल्याउनु पर्ने कानुनी प्रावधान अनुसार माहाकाली नगरपालिका कोरोना भाइरसको कारण असार १० गते नगर सभा गरी बजेट ल्याउन लागेको हो ।
स्थानीय तह निर्वाचनपछि माहाकाली नगरपालिकाको यो सातौ नगर सभा हो । नगर सभाको लागी वडा स्तरमा योजना छनौट कार्य सुरु गरिएको छ् ।
कोरोना भाइरसको कारण बिगतमा दिनहरुमा जस्तो टोल बस्तीमा गएर योजना छनौट नहुने बताईएको छ । यो नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७/ ०७८ को नीति, कार्यक्रम तथा बजेट पारित गरिनेछ । यस अघि ४ वटा नगर सभाबाट बजेट सहितको नीति कार्यक्रम पारित गरिएको थियो ।
यस पटक भने कोरोना भाइरस संक्रमण महामारीलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तयार गरिएको छ । खुला सिमा क्षेत्रको कारण र माहाकाली नगरपालिका रोजगारीको लागी झण्डै १५ हजार स्थानिय भारतमा रहेका र उनिहरुको रोजगारी गुमेर घर फर्के पछि उनिहरुको ब्यवस्थापन गर्दै गत माघदेखि कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि माहाकाली नगरपालिका संघर्षरत छ् ।
माहाकाली नगरपालिकाका नगर प्रबक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले कोरोना महामारीका कारण उत्पन्न संकटलाई मध्यनजर गरी नीति, कार्यक्रम र बजेट तयार पारिएको बताए ।
‘यस पटक कोरोना महामारीका बिच सकिएको छ, कोरोना महामारीका असर दिर्घकालिन छन्, शिक्षा, स्वास्थ्य, कृषि लगायतलाई प्राथमिकता दिने प्रयास गरेका छौ’ माहाकाली नगरपालिका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने–‘ समग्रमा कोरोना महामारी नियन्त्रण, रोकथामलाई नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिइएको छौ ।’
नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम समेट समावेश गरिएका छन् । आगामी आर्थिक वर्ष २०७७/०७८ लागी ५४ करोड ७५ लाख ८ हजार २ सय २८ को रुपैयाँ सिलिङ्ग बजेट निमार्ण गरिएको छ् ।
सामाजिक सुरक्षा भत्ता बाहेक उक्त बजेट निमार्ण गर्न लागिएको हो । गत वर्ष माहाकाली नगरपालिकाले ५४ करोड ७३ लाख ९ सय २६ रुपिँयाको बजेट तथा कार्यक्रम संचालन गरेको हो । बिश्व ब्यापीकोरुपमा कोरोनाको संक्रमणको कारण चालु आर्थिक वर्षको बजेट संचालनमा समस्या परेको थियो ।