एकैदिन ३ सय ७० जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या २ हजार १ सय ४२

काठमाडौं, ८ असार । पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट ३२ महिला र २ सय ३८ पुरुष गरी ३ सय ७० जना संक्रमितहरु निको भएर घर फर्किएका हुन् ।

यो सहित कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । १ सय ६१ महिला र एक हजार ९ सय ६१ पुरुष छन्।

सोमबार थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here