३ लाख ८० हजार डाउनपेमेन्टमै सुजुकीको कार, मासिक किस्ता १४ हजार

काठमाडौं । सुजुकी मोटोकर्पले नयाँ सुरुवात नामको फाईनान्स स्किम सार्वजनिक गरेको छ ।

सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार उक्त स्किम ल्याएको हो ।

यो स्किमअन्तर्गत ग्राहकले न्यूनतम ३ लाख ७९ हजार ९०० रुपैयाँ डाउनमेपेन्टदेखि सुजुकीका पेसेन्जर कार र २ लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्टदेखि सुजुकीका कमर्सियल गाडी खरिद गर्न सक्नेछन्।

यो योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दामात्र १३ हजार ९१३ रुपैयाँदेखि र कमर्सियल मोडेल खरिद गर्दा मात्र ९ हजार ७३४ रुपैयाँदेखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ। फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागू हुने कम्पनीले जनाएको छ।

फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम २ लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम २ लाख रुपैयाँ एक्सचेन्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्थासमेत गरेको छ। फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्सका लागू हुनेछ।

यो स्किम नेपालभर फैलिएका सुजुकीका सबै ३५ वटा सेल्स आउटलेटमा उपलब्ध रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here