काठमाडौं भित्रिएकालाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, ९ असार । उपत्यका भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले उपत्यकाका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ।

गृह मन्त्रालयले उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ ।

लकडाउन खुकुलो भएसँगै उपत्यकामा प्रवेश गर्ने मानिसको संख्या बढेको छ।

तर घरधनीले पीसीआर परीक्षण नगरी घरमा बस्न नदिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गराउनेको संख्या बढेको छ।

पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here