विदेशका नेपाली फर्काउन बुधवार ११ उडान, कुन देशबाट कति फर्किदैं (तालिकासहित)

काठमाडौं, १० असार । विदेशमा समस्यामा परेका नेपालीलाई फर्काउने क्रम जारी छ। बुधबारपनि विभिन्न देशमा समस्यामा परेका नेपाली ११ उडान मार्फत स्वदेश फर्किन लागेका हुन्।

विदेशका पाँच ठाउँबाट नेपाली लिएर जहाज काठमाडौं आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। यसैगरी विदेशका विभिन्न ५ स्थानमा रहेका नेपाली लिन काठमाडौंबाट जहाज जाँदै छन्।

हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका चार्टर्ड जहाज नेपाली लिन विभिन्न देशमा जाने विमानस्थलले जनाएको छ।

हिमालय एयरलाइन्सको जहाज बुधबार राति यूएईको आबुधाबी उड्नेछ भने नेपाल एयरलाइन्सको जहाज साउदीको जेद्दा जानेछ।

हिमालय एयरलाइन्सले नै कुवेतबाट पनि उडान भर्ने तालिका छ। टर्किस एयरलाइन्स मार्फत पनि नेपालीहरु फर्काईंदैछन् । नेपाल एयरलाइन्स आज नै कुवेतका लागि उड्ने छ। नेपाल एयरलाइन्सको जहाज जापानको नारिता तथा हिमालय एयरलाइन्सको जहाज कतारको दोहाका लागि उड्नेछन्।

उडान मार्फत विभिन्न मुलुकबाट १ हजार १६३ जना नेपालीको उद्धार हुनेछ ।