सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं,१० असार । नेपाली बजारमा सुनको भाउ बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

मंगलबार गिरावट आएको सुन फेरि ऐतिहासिक उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँ कायम भएको हो। यो नेपालकै इतिहासमा सुनको उच्च मूल्य हो।

यसैगरी चाँदीको भाउ बुधबार तोलामा ५ रुपैयाँले बढेर ९५४ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार तोलामा १० रुपैयाँ घट्दै चाँदीको भाउ ९४० रुपैयाँ कायम भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here