दक्षिण एशियाका १० करोड बालबालिका गरिबीको रेखामुनि

फाइलफोटो

काठमाडौं, १० असार । कोरोनाभाइरसको विश्वव्यापी महामारीसँगै करिब दश करोड दक्षिण एशियाली बालबालिका गरिबीको रेखामुनि पुगेको अनुमान गरिएको छ।

राष्ट्रसंघीय निकाय यूनिसेफले सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्ट अनुसार अर्थतन्त्रमा परेको प्रभावसँगै करोडौँ बालबालिकाको अवस्था गरिबीतर्फ धकेलिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

उच्च जनघनत्व रहेको यो क्षेत्र, जहाँ विश्वको झण्डै एक चौँथाई जनसङ्ख्या रहेको छ, मा पछिल्ला दिनहरूमा सङ्क्रमण नियन्त्रणका लागि लगाइएको लकडाउनलाई नराम्रोसँग प्रभावित अर्थतन्त्र सुधारका लागि भनी खुकुलो पारिएको छ तर सङ्क्रमण फैलिने क्रम रोकिएको छैन ।

‘एशियामा रहेका ती बालबालिकाहरू भाइरसमा मात्र कम संवेदनशील हुनसक्ने भएपनि महामारीका कारा अर्थतन्त्रमा परेको प्रभावका कारण व्यापक असर परिरहेको छ,” संयुक्त राष्ट्रसंघ बाल अधिकार निकाय यूनिसेफले भनेको छ।

एशियाली आठ मुलुकहरू भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र भूटान समावेश रहेको दक्षिण एशियामा करिब ६० करोड बालबालिका रहेकोमा झण्डै दुई करोड ४० लाख गरीबीका बीच बाँचिरहेका यूनिसेफले जनाएको छ।

“अब तत्काल सुधारको प्रयास नथालिएमा कोभिड–१९ ले प्रभावित सम्पूर्ण जनसङ्ख्याको आशा र भविष्यलाई बर्वादीतर्फ धकेल्नेछ,” यूनिसेफका दक्षिण एशिया क्षेत्रीय निर्देशक जाँ गोफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ,“महामारीका कारण खोप, पोषण, तथा अन्य अतिआवश्यकीय स्वास्थ्य सेवाहरूलाई विस्तार गर्ने कुरामा समस्या भइरहेको छ।”

यसबाहेक बालबालिका, किशोरकिशोरी वा युवाहरू घरमा नै बस्नु पर्ने बाध्यताका कारण उनीहरूलाई घरेलु हिंसा, मानसिक स्वास्थ्य, डिप्रेसनलगायतका बिषयहरू अन्य प्रमुख जोखिमहरू हुन् । एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here