पशुपतिकै पासको दुरुपयोग

काठमाडौं, १० असार । लकडाउनका बेला पशुपति क्षेत्र विकास कोषले जारी गरेका पासको दुरुपयोग भएको छ ।

पासको दुरुपयोग गरी प्रचारबाजी गर्ने तथा भेला गर्नेसम्मका कार्यहरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

‘विभिन्न सेवाका लागि वितरण गरिएको सेवा पासको दुरुपयोग गरी विभिन्न आश्वासनहरु दिइने, कोषका पदाधिकारीहरुको दुहाई दिई विभिन्न प्रचारबाजी गर्ने, संगठन गर्ने तथा भेला गर्ने जस्ता कार्यहरु भएको देखिएको छ,’ कोषले जारी गरेको सूचनामा भनिएको छ ।

यस्ता गतिविधिका कारण लकडाउन अवधिका लागि भनेर जारी गरिएका सम्पूर्ण पास तथा पत्र खारेज गरिएको छ ।

कसैले पास तथा पत्रको दुरुपयोग गरेमा कोष जिम्मेवार नहुने पनि उसले जनाएको छ ।