२४ घण्टामा १ सय १४ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या २ हजार ३ सय ३८

काठमाडौं, १० असार । नेपालमा पछिल्लो २४ घण्टामा देशभरबाट १ सय १४ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट ८ महिला र १०६ जना पुरुष संक्रमण मुक्त भएर घर फर्किएका हुन् ।

देशभरबाट हालसम्म २ हजार ३ सय ३८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला १ सय ९७ र २ हजार १ सय ४१ जना पुरुष रहेका छन्।

नेपाल पछिल्लो २४ घण्टामा ६ सय २९ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। जसमध्ये २४ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here