विद्युतीय गाडी र बाइक शोरुमलाई ८० प्रतिशत कर छुट

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधनको शोरुमको करमा ८० प्रतिशत छुट दिने भएको छ।

महानगरले आर्थिक वर्ष २०७७/ ७८ को आर्थिक विधेयकमार्फत् महानगर भित्रका दुइपांग्रे तथा चार पांग्रे विद्युतिय सवारी साधनको शोरुमको करमा ८० प्रतिशत छुट पाउने उल्लेख गरिएको छ ।

छुट पछि चारपंग्रे सवारी साधनको शोरुमले महानगरलाई बार्षिक १० हजार र दुई पंग्रे सवारी साधनको शोरुमले ५ हजार मात्र तिर्नु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here