भूकम्प गएको चार वर्षमा आधा पनि पुनर्निर्माण भएनन् खानेपानी आयोजना

काठमाडौं, १३ वैशाख । २०७२ साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पको कारण घर वा भवनहरुमा मात्रै होइन विभिन्न खानेपानी आयोजना र सडकहरुमा समेत क्षति पुग्यो ।

तर, भुकम्प गएको चार वर्ष वितिसक्दा पनि खानेपानी र ग्रामिण सडकहरुको पुनर्निर्माण कार्यमा उल्लेख्य प्रगति हुन सकेको छैन । ती आयोजना समयमै नबन्दा विभिन्न जिल्लाका धेरै गाँउमा पानीकाे अभावकाे कारण जनजीवन कष्टकर भएका छन् ।

पुनर्निमार्ण भइसकेका र भइरहेका सबै आयोजनाको संख्या जोड्दा ४५ प्रतिशत मात्रै हुन्छ छ भने बाँकी ५५ प्रतिशत आयोजनाको काम सुरु नै भएका छैनन् ।

भुकम्पबाट ३,२१२ वटा खानेपानी आयोजनामा क्षति भएपनि अहिलेसम्म ७९१ वटामात्रै निर्माण सम्पन्न भएका छन् । यो कुल सख्ंयाको २५ प्रतिशत मात्रै हो ।

त्यस्तै ६७० वटा आयोजनाको पुनर्निर्माण भइरहेका छन् । पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार १७५१ वटा खानेपानी आयोजनाहरुको काम सुरु हुनै बाँकी छ ।

सडकको पनि स्थिती उस्तै

भूकम्प पछि ७५ वटा ग्रामिण सडक पुनर्निमार्ण गर्नुपर्नेमा हालसम्म ५ प्रतिशत अर्थात ४ वटा आयोजनाको मात्र काम पुरा भएको प्राधिकरणले बताएको छ ।

त्यस्तै ४८ प्रतिशत अर्थात ३६ वटा सडकको निर्माण कार्य भईरहेको र ४७ प्रतिशत अर्थात ३५ वटा सडकको काम सुरु हुन बाँकी रहेको पनि प्राधिकरणको तथ्याङ्कमा समावेश गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here