काठमाडौंका कुन स्थानमा कति पर्छ जग्गाको मूल्य?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रको जग्गा मूल्य तोकेको छ ।

महानगरले आर्थिक वर्ष २०७७/७८ को आर्थिक विधेयकमार्फत् नगरभित्रका सडक तथा गल्लीलाई आधार बनाएर आनाको हिसाबमा जग्गाको मूल्य तोकेको हो ।

महानगरले सबैभन्दा सस्तोमा आनाको ४ लाख रुपैयाँदेखि महँगोमा आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ ।महानगरले यही दररेटका आधारमा सम्पत्ति कर उठाउने छ ।

महानगरपालिकाले काठमाडौंको मुटु मानिने दरबारमार्ग, न्यूरोड, इन्द्रचोक, पुतलीसडक, कान्तिपथ, त्रिपुरेश्वर लगायत स्थानको जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ मूल्य तोकेको छ ।

यस्तै, महानगरले विभिन्न १३ ठाउँको बाटो नभएको स्थानको जग्गाको मूल्य प्रतिआना न्यूनतम ४ लाख रुपैयाँ तोकेको छ भने बाटो पुगेको ठाउँको न्यूनतम १० लाख तोकेको छ ।

महानगरले तोकेको यो जग्गाको भाउ भने वास्तविक मूल्यभन्दा निकै कम हो । महानगरले तोकेको दरदरेटमा भने अहिले कहीँपनि जग्गा पाउन सकिँदैन् ।

महानगरको मुटुमानिने न्यूरोड, दरवारबार मार्ग लगायतका ठाउँमा अहिले आनाकै २ करोडभन्दा बढीमा जग्गा कारोबार हुने गरेको छ । यस्तै महानगरभित्रकै अन्य स्थानमा पनि अहिले आनाको ३० लाखभन्दा कममा जग्गा पाउनै मुस्किल छ ।

महानगरले तोकेको जग्गाको मुल्य नयाँ मूल्यका आधारमा खरिद बिक्री कर लाग्नेछ भने यसमा खरिद बिक्रि गर्दा मूल्य पनि छुटको व्यवस्था समेत गरिएको छ । महानगरले करका दरहरु सार्वजनिक गर्दै सबै खाले व्यवसायमा करका नयाँ दरहरु निर्धारण गरेको छ ।

महानगर क्षेत्रभित्र एक व्यक्तिका नाममा दर्ता कायम रहेका घर तथा जग्गाहरुलाई एक युनिट मानि कर निर्धारण गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here