थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २६ पुग्यो

फाइलफोटो

काठमाडौं, ११ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल र ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको निधन भएको हो। उनको बुधबार बिहान ५ बजे मृत्यु भएको हो।

मृत्यु हुने ती पुरुषमा पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार ती पुरुषको उपचारका क्रममा गएराति ११:३५ बजे निधन भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here