गोरखाका एक महिला सहित ९ जनाले जिते कोरोना

काठमाडौं, १२ असार । गण्डकी प्रदेशबाट शुक्रबार थप नौ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद विन्दु शर्माद्धारा जारी विज्ञप्ति अनुसार कोरोनालाई जित्ने ९ जना सबै गोरखा जिल्लाका छन्।

गोरखा नगरपालिकाका एक महिला र तीन पुरुष र गण्डकी गाउँपालिकाका पाँच पुरुष कोरोना जितेर घर फर्किएका शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या एक सय एक पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here