नेपालीको प्रतिव्यक्ति आय ३० डलरले बढेर १ हजार ३४ पुग्याे

काठमाडौं, १३ वैशाख । नेपालीको प्रतिव्यक्ति आयमा ३० डलरको वृद्धि भएको छ ।

केन्द्रिय तथ्याङ्क विभागले शुक्रवार प्रस्तुत गरेको प्रतिवेदन अनुसार प्रत्येक नेपालीको प्रतिव्यक्ति आयमा गत वर्षको तुलनामा ३० डलरले वृद्धि हुँदै १ हजार ३४ डलर पुगेको छ ।

गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलर रहेको थियो । देशको कुल ग्राहस्थ उत्पादनलाई कुल जनसंख्याले भाग गरेर प्रतिव्यक्ती आय निकाल्ने गरिन्छ ।

प्रतिव्यक्ति आय राष्ट्रिय योजना आयोगले राखेको लक्ष्यभन्दा धेरै बढी देखिएको छ । आयोगले चौधौं योजनाको अन्त्यसम्ममा नेपालीहरुको प्रतिव्यक्ति आय १ हजार १२ डलर पुर्याउने लक्ष्य राखेको थियो ।

यस्तै यो वर्ष नेपालको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रहने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here