अब सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने

काठमाडौं, १२ असार । सिमकार्ड अनधिकृत रुपमा उपयोग हुन थालेपनि नेपाल दूरसञ्चार प्राधिकरणले नियमन गर्ने भएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो ।

सूचना अनुसार सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्नेछ ।

सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।

यसअघि सिमकार्ड झिक्दा अरु मानिसको नागरिकता या कागजात लिएर अर्कैले सिम निकालेका घटनाहरु प्राय आउने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here