बन्दाबन्दीमा रोकिएन घरेलु हिंसा, ५७ जिल्लामा ७ सय ३० घटना

Photo Source: United Nations

काठमाडौं, १२ असार । बन्दाबन्दीमा पनि घरलु हिंसामा कमी नआएको देखिएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्धारा सञ्चालन गरेको ३ वटा हटलाईन र मनोपरामर्शकर्ता मार्फत ५७ वटा जिल्लाहरुबाट बन्दाबन्दी शुरु भएदेखि ७ सय ३० वटा महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् ।

जसमा जसमध्ये ४२४ वटा घरेलु हिंसा, १०९ वटा बलात्कार, ७४ सामाजिक हिंसा, ३१ आत्महत्या, २७ यौन दुव्र्यवहार, २५ बलात्कारको प्रयास, १६ हत्या, ११ साईबर अपराध, ४ हत्या वा आत्महत्या पुष्टि हुनबाँकि, ४ हत्याको प्रयास, ३ मानव बेचबिखन, २ आत्महत्याको प्रयाससँग सम्बन्धीत घटनाहरु रहेका छन् ।

यी घटना चैत ११ गतेदेखि असार ५ गतेसम्मका हुन् ।

जिल्ला अनुसार धनुषाबाट ७५, मोरङ्गबाट ८८, रुकुमबाट १४, कैलालीबाट ७७, कञ्चनपुरबाट ३, दाङ्गबाट ३७, काठमाण्डौंबाट १४, ललितपुरबाट २, भक्तपुरबाट २, बर्दियाबाट ३३, सिरहाबाट ८२, सप्तरीबाट ४, सर्लाहीबाट ५,,उदयपुरबाट ४६, सुनसरीबाट ४४, बाँकेबाट ३, स्याङ्गजाबाट ३ घटना भएका छन् ।

त्यस्तै बाग्लुङ्गबाट १, महोत्तरी १६, रौतहट ८, बाराबाट १, पर्साबाट ३, तेह्थुमबाट ३, धनकुटा ३, ओखलढुंगाबाट ६२, सोलुखुम्बूवाट ८, गुल्मीबाट ३, रामेछाप २, सिन्धुलीबाट २, धादिङ्गबाट १७, रसुवाबाट १, बभाङ्ग ३३, गोर्खाबाट १, लम्जुङ्गबाट २, हुम्लाबाट १, कलिवस्तुबाट ३, सल्यान २, चितवनबाट १, कास्की २, संखुवासभावाट ३, सिन्धुपाल्चोकबाट १, पाल्पाबाट १, काभ्रेबाट १ घटना भएको छ ।

रुपन्देहीबाट १, नवलपरासीबाट २, म्याग्दीबाट १, प्युठानबाट १ दैलेखबाट १, डोटीबाट १, अर्घाखाँचीबाट १, पाँचथरबाट १, झापाबाट १, झापाबाट १, ताप्लेजुङ्गबाट १ नुवाकोटबाट १, मकवानपुरबाट ४, डडेल्धुराबाट १, इलामबाट १, लगायतका जिल्लाबाट अभिलेखिकरण भएका हुन् ।

साथै, यस महामारीको अवस्थामा महिला तथा वालवालिकाहरुमाथि भएका हिंसाका घटनाहरुलाई तत्काल सम्बोधन गर्न अल्पकालिन सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने माग छ ।

हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरुले हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनुपर्ने पनि उसको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here