देशभर ९ लाख युवा बेरोजगार

काठमाडौं, १४ बैशाख । देशभर करीव ९ लाख युवा बेरोजगार रहेको सरकारी तथ्यांकले देखाएको छ । राष्टिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा काम गर्ने उमेर समूह अन्तर्गत ३४.२ प्रतिशत जनसंख्या छ । यसको मतलव ७९ लाख ९४ हजार जना मानिस रोजगार गर्न योग्य छन् ।

यसमध्ये पनि ९ लाख ८ हजार जना नागरिक बेरोजगार रहेको विभागले जानकारी दिएको छ । यो जनसंख्या कूल श्रम शक्तिको ११.४ प्रतिशत हो । यो दरले नेपालमा बेरोजगारी अधिक रहेको प्रष्ट हुने विभागले जानकारी दिएको छ ।

विभागका अनुसार काम गर्ने जनसंख्यामध्ये ६९ प्रतिशत शहरमा बसेर काम गरिरहेका छन् भने ३१ प्रतिशत जनता ग्रामीण भेगमा छन् । काम गर्ने उमेरका ६८ प्रतिशत पुरुष शहरमा काम गरिरहेका छन् । ३२ प्रतिशत पुरुष भने ग्रामीण भेगमा रहेको विभागको तथ्यांक छ ।

रोजगारीमा रहेका मध्ये ७० प्रतिशत शहरमा छन् भने ३० प्रतिशतले ग्रामीण भेगमै काम पाएका छन् । बेरोजगार जनसंख्या मध्ये पनि ६ लाख ४० जना शहरमा बस्छन् भने २ लाख ६८ हजार मानिस ग्रामीण भेगमा बस्छन् ।

विभागले १५ वर्ष वा सो भन्दा बढी उमेरका समूहका २ करोड ७ लाख ८४ हजार जनसंखयामध्ये श्रम शक्तिमा ७९ लाख ९४ हजार मानिस रहेको बताएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here