नुवाकोटको बेलकोटगढी नगरपालिकाका एक जनालाई कोरोना संक्रमण

काठमाडौं, १२ असार । नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ४२ वर्षीय पुरुष बेलकोटगढी नगरपालिकाको हुन् । उनि कुवेतबाट स्वदेश फर्किएका थिए ।

उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेनस वार्डमा राखिएको छ । यो सहित नुवाकोटमा संक्रमितको संख्या १७ पुगेको छ ।

नुवाकोटको त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा ४ जना, तादी गाउँपालिकाको खरानीटारमा ३ जना उपचाररत छन् । त्यस्तै ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here