फरवार्ड दोधारा चाँदनीद्धारा मृत्यु दावी रकम हस्तान्तरण

दोधारा, १२ असार । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

फरवार्डको कञ्चनपुर दोधारा चाँदनी दोधारा शाखा कार्यालयले शुक्रवार महाकाली नगरपालिका वार्ड नं. १० केन्द्र नं. ३५ कि सदस्य धना देवि सुनारको परिवारलाई मृत्यु दाबी बीमा रकम हस्तान्तरण गरेको हो ।

मृतक धनादेवी सुनारको ५१ बर्षको उमेरमा गए बैशाख १८ गते निधन भएको हुन् । उनको कोरोना कोभिड १९ को सरकारले गरेको लकडाउनको कारण उपचार गर्न अन्य अस्पतालमा जान नपाएर मृत्यु भएको हो ।

उनको श्रीमान् जीत बहादुर सुनार लाई फरवार्डले मृतक परिवारकै उनकै घरदैलोमा गएर मृत्यु दावी रकम भुक्तानी गरेको जनाएको छ । संस्थाले मृतक बीमित परिवारलाई तीस हजार कर्जा मिनाहा गरिदिएको छ भने, बीमा बापत रु. १४ हजार २ सय ३० रुपैयाँ र काज क्रिया खर्च स्वरुप रु. ६ हजार गरी जम्मा रु. २० हजार २ सय ३० रुपैयाँ प्रदान गरेको छ् ।

उक्त बीमा रकम माहाकाली नगरपालिका वडा नं.१० का वडाका वडाध्यक्ष नर बहादुर सुनारको हातबाट दिइएको थियो । रकम हस्तान्तरणमा बोल्दै वडाध्यक्ष सुनारले संस्थाले यस क्षेत्रमा आर्थिक उन्नतीको लागी समाजमा निकै प्रसंशनिय कार्य गरेको भन्दै घर दैलो कार्यक्रम मार्फत परिवारमा वित्तिय सेवा पु¥याउदै आएको भन्दै धन्यवाद दिए थिए ।

उक्त रकमले कोरोना कोभिड १९ को बिषम परिस्थितिमा उक्त विमित परिवारलाई थोरै भएपनि दैनिक जीवनयापनमा सहयोग पुग्ने अपेक्षा छ । कार्यक्रममा दोधारा चाँदनी शाखाका शाखा प्रमुख खुशि राम चौधरीले फरवार्डले गर्ने लघुबित्त कार्यक्रमको महत्वको बारेमा प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here