स्याङ्जाका २२ जना सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असार । स्याङ्जाका २२ जना सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा।विनोद बिन्दु शर्माद्धारा विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित स्याङ्जा, बागलुङ र नवलपरासी पूर्वका छन्। जसमा ६ जना महिला छन् भने बाँकी सबै पुरुष हुन्। हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमित आईसोलेसनमा बसिसकेका छन्।

शनिबार बिहान पुष्टि भएका ३२ सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या आठ सय ३८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here