नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्र एप्स डाउनलोड गर्न पाईने !

काठमाडौं, १३ असार । प्रतिनिधसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल सरकारको सूचना प्रविधि क्षेत्रको नियमक निकायले स्वीकृत गरेपछिमात्र एप्लिकेशनहरु डाउलोड गर्नमिल्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

नेपालभित्र प्रयोग गरिने एप्स तथा सामाजिक संजालहरु सुरक्षा, गोपनियता र उपयोगिताका हिसाबले उपयुक्त भएको पुष्टि भएपछि मात्र डाउनलोड गर्न पाईने व्यवस्थागर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

सम्बन्धित निकायका अधिकारीहरुसँग साइबर अपराध र सुरक्षाको सम्बन्धमा गरिएको छलफलपछि त्यस्तो निर्देशन दिएको हो ।

समितिले सबै स्थानीय तहका कार्यालय तथा विद्यालयहरुमा द्रूत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम प्रभावकारी बनाउन समेत भनेको छ ।

समितिको यो निर्देशनअनुसार मोबाइल तथा सामाजिक सञ्जालका वेवसाइटहरु सरकारी नियकाले स्वीकृत गरेपछिमात्र नेपालमा खोल्न तथा प्रयोग गर्न पाइने व्यवस्था गर्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here