नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

फाइलफोटो

काठमाडौं, १३ असार । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

कैलाली घर भई चितवनको भरतपुर अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको शनिबार विहान ६:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका लालपुरका ५० वर्षीय पुरुष हुन । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई असार ११ गते चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

उनलाई कलेजोको क्यान्सर समेत भएको थियो । उनी असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

यसअघि कैलाली र गुल्मीका तीन–तीन जना जनाको मृत्यु भएको छ भने दैलेख, बाँके र बाराका दुई दुई जनाको मृत्यु भएको छ । त्यस्तै स्याङ्जामा दुई, दाङ, ललितपुर, कपिलवस्तु, सुर्खेत, अर्घाखाँची, पाल्पा, पर्सा, बाजुरा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, डोल्पा र दोलखाका एक–एक जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here