२४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ५४ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या २८३४ पुगेको छ।

कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here