रसुवाका कोरोना संक्रमित नौकुण्ड गाँउपालिकाको क्वारेन्टिनमा बसेका

काठमाडौं, १३ असार । शनिबार रसुवामा पनि संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमति मध्ये एक जना भारत र अन्य ८ जना तेश्रो राष्ट्रबाट केही दिन अघि मात्र नेपाल आएका थिए ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख बासुदेब पाण्डेका अनुसार रसुवामा भेटिएकाहरु नौकुण्ड गाँउपालिकाको क्वारेन्टिनमा बसेकाहरु हुन् । यो सँगै नेपालका ७७ जिल्लामा नै कोरोना संक्रमित भेटिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here