नुवाकोटमा ६ वर्षीय बालकसहित थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असार । नुवाकोटमा एकैदिन ६ जना कोरोना सक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार प्रदेश प्रयोगशाला हेटौडा गरिएको परीक्षणमा थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएकाहरु तारकेश्वर गाउँपालिका–३ स्थित पिपलडाँडा माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनिहरु केहीदिन अघि भारतबाट आएका थिए । यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । ९ जना संक्रमण मुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here