कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाखभन्दा बढीको मृत्यु

काठमाडौं, १४ असार । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ । एकै दिन १ लाख ७५ हजार २६७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ करोड ७४ हजार ६३० पुगेको हो ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ५४६ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६२५ पुगेको छ ।

संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ पुगेको छ भने ४१ लाख २१ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९० हजार ४६९ जनाको मृत्यु भएको छ ।

२४ लाख १ हजार ४५२ जना संक्रमित भएकोमा १३ लाख ४१ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here