गुराँस लाइफ इन्स्योरेन्सको सतप्रतिशत हकप्रद सेयरको बिक्री खुला

काठमाडौं, १४ असार । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सतप्रतिशत हकप्रद सेयर आइतबारदेखि बिक्री खुला गरेको छ ।

कम्पनीले चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १ः१ अनुपात (अर्थात् १ सेयरबराबर १) हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद बिक्री खुला गरेको छ।

हकप्रद निष्कासनका लागि कम्पनीले गत फागुन २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको अर्थत फागुन २१ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीको हकप्रद खरिदका लागि योग्य हुनेछन्।

कम्पनीले साउन ४ गते बैंकिङ समयपछि हकप्रद निष्कासन बन्द हुने जनाएको छ।

यसअघि कम्पनीले गत चैत २० गतेदेखि हकप्रद निष्काशन गर्ने भनेको थियो। तर चैत ११ गतेदेखि नै लकडाउन गरिएका कारण इन्स्योरेन्सले निष्काशन प्रक्रिया स्थगित गरेको थियो।

सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएपछि कम्पनीले हकप्रद बिक्री सुरु गर्न लागेको हो।

हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here