कसरी खुल्दैछ सेयर बजार, ब्रोकरले ‘स्क्रिन रुम’ सञ्चालन गर्न नपाउने

काठमाडौं, १४ असार । लामो समयदेखि बन्द सेयर बजार असार १५ गते सोमबारदेखि खुल्ने भएको छ ।

आइतबार बसेको नेपाल धितोपत्र बोर्ड संचालक समितिको बैठकले सोमबारदेखि सेयर कारोबार गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ ।

यससँगै भोलिदेखि बजार खुल्ने निश्चित भएको हो । लकडाउन खुकुलो भए पनि अत्यावश्यक क्षेत्रमा पर्ने पुँजीबजार अझै सञ्चालन नगरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बोर्ड बजार खोल्ने निर्णयमा पुगेको हो ।

यसअघि बजार वैशाख ३० र ३१ गते दुईदिन खुलेको थियो । त्यो बेला बजार दैनिक २ घन्टा (११ देखि १ बजेसम्म) कारोबार भएको थियो ।

धितोपत्र बोर्डले नेप्सलाई दोस्रोबजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमा सम्बन्धी उपयुक्त व्यवस्था गरीेले बजार सुुचारु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

त्यस्तै अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले लगानीकर्ताहरूका लागि ‘स्क्रिन एक्जिविसन’ कक्ष सञ्चालन गर्न नपाउने भएका छन् ।

बजारमा सर्किट ब्रेकरसम्वन्धी पुरानै व्यवस्था कायम रहनेछ । पुरानो सर्किट ब्रेकरअनुसार नेप्से दैनिक अधिकतम ६ प्रतिशत घटेमा वा बढेमा सर्किट ब्रेकर लाग्ने छ।

कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा १५ मिनेटसम्मका लागि कारोबार स्थगित हुनेछ।

पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ३० मिनेट कारोवार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

के-के छ बोर्डले गरेको निर्णय

-दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउनेगरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमा सम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सुुचारु गर्ने व्यवस्था मिलाउने।

-लगानीकर्ताहरूले सेयर खाताको सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गर्ने ।

-बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएससि, मर्चेन्ट बैंकरले यस अघि जारी भएको कोभिड सुरक्षाका उपायहरू पालना गरी कारोबार गर्नुपर्ने ।

-धितोपत्र बजार सम्बद्ध संस्थाहरूले उपयुक्त स्वास्थ्य सुरक्षा विधिहरू नअपनाई कार्यालय खोलेको पाइएमा त्यस्ता संस्था उपर कारवाही हुने ।

-अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले लगानीकर्ताहरूका लागि Screen Room सञ्चालन गर्न पाउने छैनन्।

-लगानी कर्ताहरुले हालसम्म गरिएका व्यवस्था बमोजिम घरैबाट कारोवार गर्न सक्ने व्यवस्था गरिएको हुंदा ब्रोकरहरुसंग सम्पर्क गरि सकेसम्म घरैमाबसी कारोवार गर्न प्रोत्साहित गर्ने ।

सोमबारदेखि सेयर बजार खुल्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here