सेयर कारोबार दैनिक ४ घण्टा, सर्किट ब्रेकरमा पुरानै व्यवस्था

काठमाडौं, १४ असार । लामो समयदेखि बन्द सेयर बजार असार १५ गतेदेखि दैनिक ४ घण्टा खुल्ने भएको छ ।

आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैंठकले सोमबार बाट दैनिक ४ घण्टा सेयर बजार खोल्ने निर्णय गरको हो ।

नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति बैठकले सेयर बजार खुलाउन बजार सञ्चालक नेप्सेलाई निर्देशन दिर्दै मोडालीटी पनि नेप्सेलाई नै तय गर्ने निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार नै नेप्सेले समय तय गरेको हो ।

नेपाल धितोपत्र बोर्डको २०७७ असार १४ गतेको निर्देशन अनुसार असार १५ गतेबाट बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म नियमति सेयर कारोबार हुनेछ,” नेप्सेले जारी गरेको सूचनामा भनिएको छ ।

धितोपत्र बोर्डको निर्देशनमा लकडाउनअघि केही समय परीक्षणको लागि दैनिक ५ घण्टा कारोबार भएको बजारमा सोमबारबाट भने ४ घण्टा मात्रै कारोबार हुने भएको छ ।

बजारमा सर्किट ब्रेकरसम्वन्धी पुरानै व्यवस्था कायम रहनेछ । पुरानो सर्किट ब्रेकरअनुसार नेप्से दैनिक अधिकतम ६ प्रतिशत घटेमा वा बढेमा सर्किट ब्रेकर लाग्ने छ।

कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा १५ मिनेटसम्मका लागि कारोबार स्थगित हुनेछ।

पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ३० मिनेट कारोवार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

के-के छ नेपाल धितोपत्र बोर्डले गरेको निर्णय

-दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउनेगरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमा सम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सुुचारु गर्ने व्यवस्था मिलाउने।

-लगानीकर्ताहरूले सेयर खाताको सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गर्ने ।

-बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएससि, मर्चेन्ट बैंकरले यस अघि जारी भएको कोभिड सुरक्षाका उपायहरू पालना गरी कारोबार गर्नुपर्ने ।

-धितोपत्र बजार सम्बद्ध संस्थाहरूले उपयुक्त स्वास्थ्य सुरक्षा विधिहरू नअपनाई कार्यालय खोलेको पाइएमा त्यस्ता संस्था उपर कारवाही हुने ।

-अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले लगानीकर्ताहरूका लागि Screen Room सञ्चालन गर्न पाउने छैनन्।

-लगानी कर्ताहरुले हालसम्म गरिएका व्यवस्था बमोजिम घरैबाट कारोवार गर्न सक्ने व्यवस्था गरिएको हुंदा ब्रोकरहरुसंग सम्पर्क गरि सकेसम्म घरैमाबसी कारोवार गर्न प्रोत्साहित गर्ने ।

कसरी खुल्दैछ सेयर बजार, ब्रोकरले ‘स्क्रिन रुम’ सञ्चालन गर्न नपाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here