नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २९ पुग्यो

फाइलफोटो

काठमाडौं, १५ असार । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

ललितपुरको स्टार अस्पतालमा रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।

कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ ।

उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। उनको मृत्यु भएपनि शनिबार राति नै स्वाब संकलन गरिएको थियो।

उनको हाल शव व्यवस्थापन गर्ने कार्य भइरहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here