पहिलो घण्टामै ४ प्रतिशतले घटेपछि नेप्सेमा ऋणात्मक सर्किट ब्रेकर

काठमाडौं १५, असार । नेप्सेले २० मिनेटका लागि सेयर कारोबार बन्द गरेको छ । कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से ४ प्रतिशतले घटेपछि ऋणात्मक सर्किट ब्रेकर मार्फत कारोबार बन्द गरिएको हो ।

अब २० मिनेट पनि बजार खुल्ने छ । दोस्रो घण्टामा ५ प्रतिशतले बजार घट÷बढ भएपछि ४० मिनेट र त्यसपछि ६ प्रतिशतले घट÷बढ हुँदा सो दिनको कारोबार नै बन्द गर्नुपर्ने व्यवस्था छ ।
बजार बन्द हुनुभन्दा अघिसम्म नेप्से ४८ अंकले घटेको छ । सो अवधिमा ८ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १ हजार १ सय ४३ वटा मात्र कारोबारबाट ६९ कम्पनीका १ लाख ८२ हजार ५ सय ४७ कित्ता सेयर किनबेच भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here