सेयर बजार १२.८७ अंक झरेर बन्द, साढे ३४ करोडको कारोबार

काठमाडौं, १४ असार । डेढ महिनापछि खुलेको सेयर बजार पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ ।

वैशाख ३१ गते पछि पहिलोपटक खुलेको बजार ४८ अंकले घटेर सर्किट लागेर पुनरागमन गर्दै १२.७८ अंकले घटेर बन्द भएको हो ।

सोमबार कारोबार सुरु भएको ४० मिनेटमै ४ प्रतिशतभन्दा बढीले घटरे नेगेटिभ सर्किट लागेर २० मिनेट कारोबार रोकिएको थियो । सेयर बजार मापक सूचक नेप्से १२.८७ अंकले घटेर ११८८.७१ अंकमा आइपुगेको छ ।

आज १३० कम्पनीको ३४ करोड ७७ लाख ७१ हजार ८३३ रुपैयाँ बराबरको कारोबार भएको छ । ९ लाख ७० हजार ७६ कित्ता सेयर कारोबार भएको छ ।

कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेका छ भने बाँकी ८ समूहको सूचक ओरालो लागेको छ । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २३७.७२ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक १०१.४६ अंकले घटेको छ ।

बैंकिङ २५ अंकले घटेको छ। होटल साढे २६, विकास बैंक ६३, जलविद्युत १३ अंकले घटेको छ। निर्जीवन बीमा कम्पनी पनि १०१ अंकले घटेको छ।

सर्वाधिक बढ्नेमा शिवम् सिमेन्ट, गुलविल फाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल लाइफ, अरुण कावेली पावरको बढेको छ। सर्वाधिक मूल्य घट्नेमा स्वाभलम्बन लघूवित्त, नेपाल रिइन्स्योरेन्स, आशा लघुवित्त, इन्फिनिटी लघुवित्तलगायत छन्। लघुवित्त सूचक नै ३९ अंकले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here