बीमा शुल्क भुक्तानी गर्ने म्याद पुनः एक हप्ता थप

काठमाडौं, १६ असार । बीमा समितिले तिर्न बाँकी रहेको जीवन बीमाशुल्क भुक्तानी गर्ने म्याद थप गरेको छ ।

समितिले सोमवार पहिलाको म्याद सकिएको र कोरोनाको कहर पनि सामान्य नभएकाले पुनः म्याद थप गरेको बताएको हो ।

यसअघि समितिले असार १५ गते भित्र बाँकी बीमाशुल्क तिर्ने म्याद दिएको थियो । समितिका अनुसार बीमितहरुले आगामी असार २२ गतेसम्म बिना ब्याज बीमा शुल्क तिर्न सक्नेछन् ।

सरकारले कोरोना महामारी नियन्त्रण गर्न गत चैत ११ गतदेखि लकडाउन लगाएपछि लगाएयता समितिले पटकपटक बीमा शुल्क म्याद थप गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here