अमेरिकी डलर सस्तियो, एक डलरबराबर १२१ रुपैयाँ २४ पैसा

काठमाडौं, १६ असार । अमेरिकी डलर सस्तिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २४ पैसा तिर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार डलरको बिक्री मूल्य अघिल्लो दिनभन्दा १० पैसाले घटेको हो । राष्ट्र बैंकले सर्वसाधारणबाट भने एक डलर १२० रुपैयाँ ६४ पैसामा किन्नेछ ।

यस्तै राष्ट्र बैंकले यूरो एकको खरिददर १३६ रुपैयाँ ६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८२ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८३ रूपैयाँ ३६ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here