सेयर बजारमा लाग्यो दोस्रो सर्किट, वित्तीय क्षेत्रमा झुम्मिए लगानीकर्ता

काठमाडौं, १६ असार । लकडाउनपछि खुलेको पहिलो दिन नकारात्मक सर्किट लागेको सेयर बजारमा दोस्रो दिन डबल सर्किट लागेको छ ।

सोमबार कारोबार सुरु भएको ४० मिनेटमा नकारात्मक सर्किट ब्रेक लागेको सेयर बजार मंगलबार भने कारोबार सुरु भएको ४८ मिनेटमा सकारात्मक सर्किट ब्रेक लागेको हो ।

कोरोबार सुरु भएको दोस्रो पहरको १२ बजेर १७ मिनेटमै ५ प्रतिशतको उछालसँगै दोस्रो सर्किट लागेपछि नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको छ।

दोस्रो सक्रिट लाग्नुअघि नेप्से ५९.८७ अंकले बढेर १२४८.५७ विन्दुमा पुगेको छ।

याे अवधिमा १२९ कम्पनीकाे १८ कराेड ८१ लाख रूपैयाँ बराबरकाे सेयर किनबेच भइसकेकाे छ । सो अवधिसम्ममा जम्मा १० वटा भन्दा धेरै कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

अहिलेसम्म ९ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। जसमा नागरिक लगानी कोष र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको ।

साना किसान लघुवित्त, नेको इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट इन्स्योरेन्स, सूर्यलाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

उता नेपाल पुनर्बीमा कम्पनी र ओरेन्टल होटल्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेभेटिभ सर्किट लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here