सेयर बजारमा लाग्यो तेस्रो पोजिटिभ सर्किट, कारोबार बन्द

काठमाडौं, १६ असार । लकडाउनपछि खुलेको पहिलो दिन नकारात्मक सर्किट लागेको सेयर बजारमा दोस्रो दिन तेस्रो सर्किट लागेको छ ।

मंगलबारको बजार अस्वभाविक रुपमा बढेपछि तेस्रो पटक सकारात्मक सर्किट लागि बजार बन्द भएको हो ।

नेप्से परिसूचक ६ प्रतिशतले बढीले बढेपछि सेयर कारोबार आजको लागि स्थगित भएको छ ।

नेप्से परिसूचकमा ४ प्रतिशत र ५ प्रतिशतले बढी क्रमशः २० मिनेट र ४० मिनेट सर्किट ब्रेक लागेकोमा सेयर बजारमा ६.०६ प्रतिशतले नेप्से परिसूूचक बढी भएका कारण आजको दिनको कारोबार नै बन्द गरिएको हो।

नेप्सेमा सूूचीकृत कम्पनीहरुमध्ये १३४ कम्पनीका २२ करोड ७२ लाख रुपैयाँ रकम हाराहारीको कारोबार भएको आजको दिन अधिकांश कम्पनीका सेयर मूूूल्यमा उछाल आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here