चिनीको आयातमा असार मसान्तसम्म रोक

काठमाडौं, १५ वैशाख । सरकारले चिनीको आयातमा लगाइरहेको परिमाणात्मक बन्देजको अवधि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चिनीको आयातमा लगाइएको परिमाणत्मक बन्देज आगामी असार मसान्त अर्थातः चालु आवको अन्त्यसम्मका लागि लम्ब्याइएको हो ।

स्वदेशी उच्पादनको खपत नभएको र भारतबाट सस्तो दरमा चिनी आयात हुँदा स्वदेशी उद्योग धरासायी हुने भन्दै व्यवसायीले माग गरेपछि सरकारले चिनीको आयातमा एउटा परिमाण तोकेर त्यो भन्दा बढी आयात गर्न नपाउने गरी बन्देज लगाएको थियो ।

सरकारले गत असोज ३१ मा चिनीमा परिमाणत्मक बन्देज लगाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार १ वैशाख २०७५ देखि लागु हुने चिनीको आयात ९४ हजार ९ सय टनमात्र आयात गर्न सकिने गरी बन्देज लगाइएको थियो । उक्त बन्देज चैत मसान्तसम्मका लागि थियो । तर, सरकारले बैशाख १ गतेबाट लागु हुने परिमाणत्मक बन्देजलाई निरन्तरता दिने निर्णय गरेको हो । सरकारले नेपालको भन्सार क्षेत्रमा प्रवेश गरिसकेको आयातित चिनीको हकमा यो निर्णय लागु नहुने बताएको थियो ।

बजारमा चिनीको अत्यधिक मौज्दात रहेको उद्योगीहरुको सूचनाका आधारमा पछिल्लो समय सरकारले चिनी आयातको प्रतिबन्ध लम्ब्याएको हो ।

दुई साता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग परिसंघको कार्यक्रममा उद्योगीहरुले सरकारलाई झुक्याएको बताएका थिए । बढी मौज्दातले समस्या बढाएको भन्दै आयातमा प्रतिवन्ध लगाउनासाथ उद्योगीले चिनीको मूल्य बढाएको भन्दै प्रधानमन्त्रीले आक्रोस पोखेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here