सेयर खरिदको मागअत्याधिक, लगातार सर्किट लाग्दै बजार बन्द

काठमाडौं, १७ असार । करिब डेढ महिनापछि सोमबार देखि खुलेको बजारमा लगातार सर्किट लाग्दै आएको छ ।

सोमबार नेगेटिभ सर्किट लागेको बजारमा पछिल्ला दुई दिनमा लगातार पोजेटिभ सर्किट लागेर पूरा समय कारोबार नभइ बजार बन्द भएको छ ।

बुधबार खुलेदेखि नै लगातार बढ्न थालेको बजार १३ मिनेटमा ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो भने पुनः खुलेको बजार ३ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट लागेको थियो ।

सो पश्चात ४० मिनेटपछि खुलेको बजार थप ६ प्रतिशतले बढे पछि बुधबार दिनभरका लागि बजार बन्द भएको छ । आज नेप्से ७५.७७ अंकले बढेर १३३६.५३ विन्दुमा पुगेको छ। आज १३५ कम्पनीको ४० करोड ७३ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज कारोबार भएका अधिकांश कम्पनीको मूल्य बढेको छ । जसमा करिब २ दर्जन कम्पनीको मूलयमा पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here