सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं, १७ असार । सुनको भाउ बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९६० रुपैयाँ तोकेको छ।

मंगलबार तोलामा १०० रुपैयाँले घटेर कारोबार भएको सुन बुधबार तोलामा ५०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ।

असार १६ गते मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ र तेजाबी सुन ९० हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै मंगलबार चाँदीको भाउ स्थिर थियो भने प्रतितोला ९४५ रुपैयाँमा कारोबार भएको थियो।

यसअघिको सुनको उच्च मूल्य असार १५ र १६ गते छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँ, तेजावी सुन ९० हजार ८६० रुपैयाँ र चाँदी असार ८ गते सबैभन्दा धेरै ८५० रुपैयाँ तोलामा कारोबार भएको रेकर्ड थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here