काठमाडौं, १८ असार । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री खुला गरेको छ ।
बिहीबारबाट आफ्नो स्वामित्वमा रहेको ८१ हजार २९४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ ।
सोही मूल्यलाई न्यूनतम आधार मानेर बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । यसमा प्रभु क्यापिटल कमलादी, काठमाडौं पुग्ने गरी आवेदन दिनुपर्नेछ । असार २४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।