मेसीले बनाए बार्सिलोनालाई ला लीगा च्याम्पियन

बार्सिलोना, १५ वैशाख । दोस्रो हाफपछि मैदान छिरेका कप्तान लियोनल मेसीको निर्णायक गोलको मद्दतमा बार्सिलोना स्पेनिस ला लीगा च्याम्पियन बनेको छ ।

आइतबार बिहान बार्सिलोनको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई १-० गोलले हराउँदै जारी सिजनको ला लीगा उपाधि जितेको हो । बार्सिलोनाको यो २६ औं ला लीगा उपाधी हो भने मेसीले यस क्लबबाट १० औं पटक ला लीगा उपाधी उचाले ।

फिलिप काउटिन्होलाई विस्थापन गर्दै मेसी ६२ औं मिनेटमा मैदान छिरेका थिए ।  उनले चिलिका मिडफल्डर भिडालको पासमा उत्कृष्ट गोल गरेका थिए ।

ला लीगामा मेसी यस सिजनका सर्वाधिक गोलकर्ता (३४ गोल) हुन भने बार्सिलोनाबाट सबैभन्दा धेरै उपाधी जित्ने खेलाडी समेत बनेका छन् । बार्सिलोनाका लागि उनले सन् २००५ देखि व्यवसायिक रुपमा खेल्न थालेका थिए ।

 

बार्सिलोनाले सिजनमा अझै ३ खेल्न बाँकि छ । दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग स्पष्ट ९ अंकको अग्रता हाँसिल गरेपछि बार्सिलोनाले तीन खेल अगाडी नै उपाधी उचालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here