सेयर बजारमा पहिरो, परिसूचक ६ प्रतिशत घटेपछि कारोबार बन्द

काठमाडौं, १८ असार । करिब ३ महिनापछि सोमबारदेखि खुलेको बजारमा दिनदिनै सर्किट लाग्दै आएको छ ।

सोमबार नेगेटिभ सर्किट लागेर ब्याक भएको बजार मंगलबार र बुधबार पूरा कारोबार नहुँदै पोजेटिभ सर्किट लागेर बन्द भएको थियो ।

तेस्रो दिन बिहीबार भारी गिरावट आएको छ। नेप्से परिसूचकमा १२ बजेर २७ मिनेटमा ६ प्रतिशतको गिरावट आएर तेस्रो नेगेटिभ सर्किट लागेपछि नेप्सेले आजको कारोबार स्थगित गरेको हो।

यो गिरावटसँगै नेप्से परिसूचक ८०.४१ अंकको गिरावटका साथ १२५६.११ को विन्दुमा सीमित बन्न पुगेको छ।

यसअघि पहिलो नेगेटिभ सर्किट ब्रेकपछि खुलेको कारोबारको ४ मिनेटमै ११ बजेर ४७ मिनेटमै फेरि ५ प्रतिशतको गिरावट आउँदै दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको थियो। योसँगै नेप्सेले कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो।

त्यसअघि कारोबार सुरु भएको २३ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको गिरावट आएछि पहिलो नेगेटिभ सर्किट ब्रेक लगाउँदै नेप्सले कारोबार २० मिनेटका लागि स्थगित गरेको थियो।

कारोबार बन्द भएसँगै आज नेप्सेमा सूचीकृतमध्ये १४२ कम्पनीका १० लाख ६१ हजार ८९० कित्ता सेयर ४७ करोड ६६ लाख ५४ हजार ९७१ रुपैयाँमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको यसको ६ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबार भएका ११ समूहमध्ये म्युचुअल फण्ड बाहेक सबै समूहको सूचक ओरालो लागेको छ । आज सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ६०८.६१ अंकले घटेको छ ।

अब धितोपत्र कारोबार आइतबारमात्र खुल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here