जापान सरकारको दिएको ३ सय मिलियन डलर अनुदान स्वीकार

फाइलफोटो

काठमाडौं, १८ असार । सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिएको ३ सय मिलियन डलर अनुदान सहायता स्वीकार गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले दिएको ३ सय मिलियन डलर अर्थात ३० करोड ८० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताएका हुन् ।

यस्तै, मन्त्रिपरिषद् बैठकले हत्या भइ मृत्यु भएका सर्लाहीका रामजनम रायको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, परराष्ट्र मन्त्रालयमा २ वटा अस्थायी दरबन्दी, जेनेभाका लागि स्वीकृत गरिएको छ भने भूमि सुधार मन्त्रालयको प्रस्तावमा भूमि सुधार आयोग २०७७ स्वीकृत गरेको छ ।

कोभिड १९ को जोखिम विश्लेषणका आधारमा संकट व्यवस्थापनका आधारमा जिल्लाका सम्पूर्ण भूभाग वा क्षेत्र सिल गराउन सक्ने अधिकार जिल्लालाई दिइने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here