एनआइसी एशिया लघुवित्तको आइपीओ आइतबार बाँडफाँड

काठमाडौं, १८ असार । एनआइसी एशिया लघुवित्तले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) असार २१ गते आइतबार बाँडफाँड हुने भएको छ।

लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्री गरेको थियो। आईपीओमा ३ लाख ९७ हजार ७४१ वटा आवेदन सदर भएको सानिमा क्यापिटलले जनाएको छ।

जस अनुसार लघुवित्तको आइपीओमा आवेदन गर्ने सबैजना आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित छ ।

१० कित्ताका दरले सेयर बाँडफाँड गर्दा ३९ लाख ७७ हजार ४१० कित्ता सकिन्छ। बाँकी ४ हजार ६५ हजार ७९० कित्ता सेयर गोलाप्रथाबाट भाग्यमानी ४६ हजार ५७९ जना आवेदकले थप १० कित्ताका दरले १० कित्ता २० कित्ता पाउनेछन्।

आवेदन गरेका मध्ये १६ हजार ४३९ वटा आवेदन अयोग्य ठहर भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here