लाइसेन्स भएका गैर बैकिङ संस्थासँग मात्र सहकार्य गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं १९, असार । लाइसेन्स भएका गैर बैकिङ संस्थासँग मात्र सहकार्य गरी भुक्तानी कारोबार गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

लाइसन्स नभएका त्यस्ता संस्थासँग पनि केही बैंक तथा वित्तीय संस्थाले सहकार्य गरेको भेटिएपछि राष्ट्र बैंकले सो निर्देशन दिएको हो ।

केही बैंक तथा वित्तीय संस्थाले भुक्तानी सम्बन्धी काम गर्न अनुमति नलिएका संस्थाहरुलाई समेत डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा सञ्चालन गरेको जानकारी आएकोमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको बताइएको छ ।

बैंक तथा वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कामका लागि राष्ट्र बैंकबाट अनुमति पाएका त्यस्ता संस्थासँग मात्र सम्झौता गर्न सूचना जारी गरिएको छ ।
राष्ट्र बैंकले नौवटा भुक्तानी सेवा सञ्चालक र १४ वटा सेवा प्रदायकलाई लाइसेन्स प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here