पसिनाको दुर्गन्धबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता घरेलु उपाय

गर्मीमा हाम्रो शरीरबाट धेरै पसीना निस्कन्छ जुन कारणले नमिठो दुर्गन्ध आँउछ । पसीनाको कारण शरीरबाट आउने दुर्गन्धले कहिलेकाँही हामीलाई अरुको अगाडी लज्जित पनि बनाउँछ ।

यसले आफैलाई पनि असजिलो महसुस गराउँछ । यस्तोमा मानिसहरु दुर्गन्ध हटाउन कैयौं बास्नादार पफ्र्युम र डियो आदीको प्रयोग गर्छन् । यस्ता उत्पादनले केही समयको लागि त आफ्नो असर देखाउँछन् तर, पछि फेरी उही हालत हुन्छ ।

यदि तपाईं पनि पसिनाको दुर्गन्धबाट दिक्क हुनुहुन्छ भने हामी तपाईंलाई केही यस्ता घरेलु उपाय बताउन गइरहेका छौं जससको प्रयोगले तपाईं यस समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । त्यस्तै यसले तपाईंलाई सँधै ताजापनको महसुस पनि गराउँछ ।

शरीरबाट दुर्गन्ध किन आँउछ ?

शरीरबाट दुर्गन्ध आउने मुख्य २ कारण हुन्छन् । पहिलो, पसीना र दोस्रो, ब्याक्टेरिया । वास्तवमा गर्मीमा शरीरको तापक्रम सन्तुलित रहनको लागि धेरै पसिना आउँछ जसको कारण शरीरबाट दुर्गन्ध आउन थाल्छ ।

त्यस्तै एपोक्राइन ग्रन्थीको उत्सर्जनले ब्याक्टेरिया उत्पन्न हुन थाल्छन् । यो ब्याक्टेरियाले शरीरमा एमिनो एसीडको निर्माण गर्छ त्यसैकारणले शरीरबाट दुर्गन्ध निस्कन थाल्छ ।

पसीनाको दुर्गन्धबाट बच्ने टिप्स
-सरसफाईमा ध्यान दिनुहोस्
-सुतीको कपडा पहिरिने गर्नुृहोस्
-काखीको रौं खौरनुहोस्
-भरपुर पानीयुक्त खानेकुराहरु र फलफूल खानुहोस्
-दिनभरमा २३ लिटर पानी पिउनुहोस्
-धेरै मसालेदार खाना नखानुहोस्

पसीनाको दुर्गन्धबाट बच्ने घरेलु उपाय

कागतीको रस

तपाईंको शरीरको जुन भागमा धेरै पसीना आउँछ त्यहाँ कागतीको रस दल्नुहोस् । कागतीमा प्राकृतिक एसिडको गुण पाइन्छ जसले छालाको सफाइ गरी शरीरका ब्याक्टेरियालाई नष्ट गर्न मद्धत गर्छ जसले शरीरको दुर्गन्ध टाढा हुन्छ ।

काँक्रोको प्रयोग

सबैभन्दा धेरै पसीना काखीमा आउँछ जहाँ दुर्गन्ध पनि धेरै हुन्छ । यस्तोमा नुहाएपछि काखीमा काँक्रोको टुक्रा रगड्नुहोस् । काँक्रोमा पाइने एन्टीअक्सिडेन्टले शरीरको ब्याक्टेरियालाई नष्ट गरेर दुर्गन्धबाट बचाँउछ ।

स्याउको भिनेगर

स्याउको भिनेगरले पनि पसीनाको दुर्गन्धबाट बचाउँछ । दैनिक नुहाउन भन्दा पहिले स्याउको भिनेगरलाई ३० मिनेटसम्म आफ्नो काखी वा ती हिस्सामा लगाउनुहोस् जहाँ पसीना सबैभन्दा धेरै आउँछ । राम्रो नतिजा पाउनको लागि राती सुत्नभन्दा अगाडि यो तरीका अपनाउन सक्नुहुन्छ ।

बेकिङ सोडा

बेकिङ सोडाले पसीनाको दुर्गन्ध पनि नष्ट गर्न सकिन्छ । बेकिङ सोडा हाम्रो शरीरबाट पसीनालाई कम गरेर कैयौं घण्टासम्म दुर्गन्धबाट टाढा राख्छ । शरीरको जुन हिस्सामा सबैभन्दा धेरै दुर्गन्ध आउँछ त्यहाँ दैनिक १ चम्चा बेकिङ सोडालाई ताजा कागतीको रसमा मिसाएर लगाउनुहोस् । यसले धेरै फरक महसुस हुन्छ ।

तेजपत्ता

तेजपत्तालाई सुकाएर पिस्नुहोस् । फेरी त्यसलाई उमालेर २४ घन्टाको लागि राखिदिनुहोस् । दैनिक यो पानीले शरीरको ती हिस्साको सफाइ गर्नुहोस् जहाँ पसीना आँउछ । यसको नियमित प्रयोगले पसीनाको दुर्गन्ध आउने समस्या रोक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here