चन्द्रागिरि हिल्सले गर्‍यो आइपीओ निष्काशनका लागि नागरिक लगानी कोषसँग सम्झौता

काठमाडौं, २१ असार । नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा सेयर ९आइपीओ० निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ ।

आइतबार भएको सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले हस्ताक्षर गरे ।

कोषले चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैयाँबराबरको सेयर प्रत्याभूत गर्ने सम्झौता भएको हो ।

हिल्सले आइपीओ निष्काशनका लागि अनुमति माग्दै जेठ २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here