एनएमबीले कञ्चनलाई प्राप्ति गर्ने, १००ः८५ को अनुपात पारित

काठमाडौं, २१ असार । एनएमबी बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।

आइतबार सम्पन्न एनएमबीको विशेष साधारण सभाले कञ्चनलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो ।

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ८५ निर्धारण गरिएको छ ।

यसअनुसार कञ्चनका शेयरधनीहरुले १०० कित्ता बराबर एनएमबीडको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

सुदूरपश्चिममा रहेको कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात पश्चात एनएमबी बैंकको चुक्ता पुँजी रु. १४ अरव ४५ करोड पुग्नेछ भने रिजर्भ रु. ७ अर्व ५ करोड पुग्नेछ । साथै, शाखा कार्यालयहरुको संख्या १ सय ८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८. पुग्नेछ ।

बैंकको सुदुर पश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here